एनआईसी एसिया बैंकको अध्यक्ष तुलसीराम अग्रवालले लिए शपथ

एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।२० चैतमा सम्पन्न बैंकको २४औं साधारणसभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सभाले उनीसहित ६ जना सञ्चालक लाई समितिमा निर्वाचित गरेको थियो ।