म्याग्दीमा बाढी पहिरोले जनजीवन प्रभावित

म्याग्दी- केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजिवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ ।कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ । नदीले तटबन्ध भत्काएसंगै बजारतर्फ कटान गर्ने जोखिम बढेको छ […]