मात्रिकाले ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग

नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि संसद्मा एमालेले नियमापत्ति जनाएको छ ।  यादवले प्रतिनिधि सभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गरेका थिए ।  बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा यादवले नेकपा छँदै ओलीको शारीरिक र मानसिक स्वास्थ्यका बारे आफूले स्थायी कमिटी बैठकमै कुरा उठाएको बताएका हुन् । ‘यो परमादेश भयो, परमादेशको सरकार भन्ने पूर्व...