नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले दार्जिलिङका स्थानीय माझ आफ्नो जादुका विभिन्न कला पस्किएका छन् । तिहारको अवसर पारेर शनिबार दार्जिलिङको चौरथामा आयोजित ‘भाइटिका नाइट दार्जिलिङ’ नामक सांगीतिक कार्यक्रममा उनले गीत, नृत्य, कमेडीका अलवा जादुका बिभिन्न कला प्रस्तुत गरेका हुन् ।‘द गोर्खाज ग्रुप’ को आयोजना र तीन दर्जन कलाकर्मीको प्रस्तुति रहेको कार्यक्रममा उनी नेपालबाट एक्लो सहभागी कलाकार थिए । अन्य कलाकार भने दार्जिलिङका स्थानीय कलाकार रहेका थिए ।