विद्यालयको भवन अलपत्र पारेर ठेकेदार फरार

गुल्मीमा निर्माणाधीन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ मा रहेको धाराचौर आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् । भारतीय राजदूतावासको सहयोगमा शौचालयसहित निर्माण गर्न लागिएको विद्यालयको २० कोठे भवन निर्माण सम्पन्न नगरी निर्माण व्यवसायी सम्पर्कविहीन रहेको विद्यालयले जनाएको छ […]