जसपाभित्र धाँजा बढ्यो, विभाजन रोक्न कठिन

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी निर्माण आकस्मिक घटनाको उपज हो । उपेन्द्र यादव नेतृत्व्को तत्कालीन समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेपछि जोगाउन राष्ट्रिय जनता पार्टीसँग रातारात एकीकरण गरी जसपा निर्माण भएको हो । उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई समाजवादी पार्टीको एकता बचाउन निकै हम्मे परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश […]

सम्बन्धित सामग्री

पहिरोले सोहोर्ने चिन्तामा राम्चेवासी

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको राम्चे गाउँ पहिरोको उच्च जोखिममा परेको छ । गाउँनजिकै बर्सेनि ठुलो पहिरो जान थालेपछि अहिले डाँडो नै खस्ने खतरा बढेको छ । हुप्सेकोट गाउँपालिका–५ को राम्चे गाउँ केरुङ्गा खोलाको सिरानमा रहेको र नजिकको पहाड २०३८ सालदेखि निरन्तर पहिरोले उच्च जोखिममा पर्दै आएको छ । यस पहाडमा हिउँदमा पनि सुक्खा पहिरो खसिरहने भएकाले गाउँ नै बगाउने चिन्ताले स्थानीय हारगुहार गरिरहेको वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो । सोही पहिरोको त्रासले केहीले गाउँ नै छाडेका छन् भने आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै दैनिकी कटाइरहेको वडाध्यक्ष रानामगर बताउनुहुन्छ । गाउँका स्थानीय समाजसेवी आशबहादुर चितौरेमगर भन्नुहुन्छ, “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ । ठुलो पहिरोले कति बेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा ५० घरधुरीका बासिन्दाले दैनिकी कटाइरहेका छन् ।” उहाँका अनुसार पहिरोकै कारण कच्ची सडक पनि भत्किने जोखिममा छ । एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ । पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिरो रोक्नै नसक्ने खालको छ, बजेट मात्रै सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनु प¥यो ।”