राजनीतिक पूर्वाग्रहले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठेक्का लागेका दुई वटा योजना हटाएको भन्दै उच्च अदालतमा उजुरी परेको छ । तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले ठेक्का आहृवान गरेको बहुवर्षीय आयोजनाअन्तर्गत रसुवाघाट–पाँचधारे सडक र चिसापानी–देवीस्थान–मैनटार–पौवासेरा सडक तथा बुँवाखोलाको पुल हटाएको भन्दै कोशी सरकारविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको हो ।