गत असोज १८ देखि कपिलवस्तुमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भइसकेको छ । महामारी फैलिएको एक महिनापछि बल्ल सरकारले हैजाविरुद्धको खोप ल्याउन लागेको छ । सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वीकृत प्राप्त गरेसँगै हैजाको खोप ल्याउन लागेको हो । यूनिसेफ, गाभी, विश्व स्वास्थ्य संगठनमार्फत् खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बताए ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख