महिलालाई ओलीको सुझाव : सेनामा ३३ प्रतिशत पुर्याउन बल नगर्नुस् !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलालाई नेपाली सेना र नेपाल प्रहरीमा भन्दा सेवामूलक क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सेना र प्रहरीमा ३३ प्रतिशत अधिकार नखोज्न आग्रह गर्दै डाक्टर, प्रोफेसर, टिचर, इन्जिनियरमा वर्चश्व कायम गर्न महिलाहरूलाई आग्रह गरेका हुन्। ‘सेनामा ३३ प्रतिशत पुर्‍याउन बल नगर्नुस्। लड्ने काम पुरुषहरूलाई नै अलिक बढी दिए पनि हुन्छ केही छैन। तर, डाक्टर हु