नेपाल पेमेन्ट सोलुसन्सको सहकार्य मन्जुश्री फाइनान्स लिमिटेडसँग

मंसिर २१, काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ, तथा मन्जुश्री फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला  र आइ टि हेड सुनिल शाहीले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अव सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले मन्जुश्री फाइनान्स लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै मन्जुश्री फाइनान्स लिमिटेडसँग आवद्ध ग्राहकहरुले  नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको हो । नेपाल पेमेन्ट सोलुसन्स प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दै आएको छ । नेपाल पेमेन्ट सोलुसन्सले अधिकाशं क, ख र ग वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।