काठमाडौँ – मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा सवार रहेकामध्ये २१ जनाको शव फेला परेको छ। विमानमा सवार २२ जनामध्ये २१ जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले देशसञ्चारलाई जानकारी दिए। प्रजिअ शर्माले भने, ‘एक जनाको शव मिसिङ छ। अहिलेसम्म २१ जनाको शव भेटियो।’ भेटिएका २१ मध्ये १० जनाको शव लिएर नेपाली […]