कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले आफ्नो मन्त्रालयको बजेटबाट आफू नै सन्तुष्ट नभएको बताएका छन् । आइतबार प्रदेश सभाको दशौं अधिवेशन अन्तर्गतको २१ औं बैठकमा सांसदहरुले उठाएको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले आक्रोश पोख्दै भने,‘ माननीयज्यूहरु हाम्रो मन्त्रालयको विनियोजित बजेटबारेमा तपाईंहरु सन्तुष्ट हुनुहुँदैन । वास्तवमा भन्ने हो भने मेरो मन्त्रालयको बजेटमा म पनि सन्तुष्ट छैन । किनभने बजेट घटेर आयो, दायित्व बढ्दै गयो ।’ साथै उनले