चितवन : काठमाडौंबाहिर पहिलो पटक गएको चैतमा बिरामीको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको चितवन मेडिकल कलेजले दोस्रो पटकमा जटिल किसिमको कलेजो प्रत्यारोपण गरेको छ।८ वर्षभन्दा बढी समयदेखि कलेजो रोगबाट पीडित बनेका जाजरकोटका भरतविक्रम शाहीको जटिल किसिमको कलेजो प्रत्यारोपण भएको मेडिकल कलेजले जनाएको छ।शाहीको असार १८ गते १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको हो। जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय शाही सिरोसिस् अफ लिभरको ‘ए’ ‘बी’ ‘सी’ स्टेज मध्ये &ls