बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा लगानीकर्ताहरू जीवन बीमातर्फ आकर्षित भएका छन् ।
यस दिन शेयर बजार मापक नेप्से परिसूचक १८.७८ अंकले बढेको छ ।
बजार ०.७७ प्रतिशतले बढ्दा २४४१.८५ विन्दुमा पुगेको छ ।
यसदिन सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घट्दै ४४६.३८ विन्दुमा झरेको छ ।
बुधवार कारोबारमा आएका कुल २ सय ८ कम्पनीहरूको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँमा किनबेच भएको छ ।
यस दिन १२ उपसमूहमध्ये ५उपसमूहको शेयर बढेको छ भने बाँकी ७ उपसम...