मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका २ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो । झडपमा युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका थिए । दुई समूहबीच जम्काभेट भएपछि झडप भएको हो । झडपमा घाइते भएका पौडेलको टाउकोमा चोट छ । इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले