काठमाडौं : २० वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपालले बंगलादेशलाई हराउन सके फाइनल पुग्ने संभावना बढ्नेछ। तर त्यसका लागि पनि भारत र माल्दिभ्सबीच आजै बेलुकी सवा ७ बजे हुने खेलको नतिजा कुर्नुपर्नेछ। नेपालले बंगलादेशमाथि जित हात पारेमा र भारत माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनल पुग्नेछ। बंगलादेशसँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।