काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमक र दाङको घोराहीमा सेवा सुरु गरेको छ।ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन झापाको दमक नगरपालिका-६ दमक बजार र दाङको घोराही उपमहानगरपालिका-१०, नारायणपुरमा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।दुवै शाखाबाट सोमबारदेखि बैंकिङ कारोवार शुरु भएको छ। दमक र नारायणपुर शाखा कार्यालय सञ्चालनसँगै बैंकको कुल शाखा संख्या १०४ पुगेको छ। बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानमा पनि