प्रदेश २ का ८ जिल्लामा २७ महिनाको अवधिमा २ सय ८५ जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकाको संख्या धेरै छ । ५ वर्षमुनिका मात्रै ७२ जनाको मृत्यु भएको तथ्यांक छ । ५ देखि १८ वर्ष उमेरका १ सय ८ जना बालबालिकाको मृत्यु भएको छ । डुबेर मृत्यु हुने घटना प्रदेश २ मा दिनहुँजसो भइरहँदा पनि सरकार र अभिभावक दुवै पक्ष गम्भीर देखिँदैनन् ।