कांग्रेस पार्टी कार्यालयमा नेविसंघको प्रदर्शन

काठमाडौं, ७ चैत्र । नेपाल विद्यार्थी संघले आइतबार विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै नेतृत्वलाई दबाब दिएको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको […]