बैतडी : वर्षापछि पहिरोले पाइप बगाउँदा बैतडी सदरमुकाम क्षेत्रमा खानेपानी अभाव भएको छ।दशरथचन्द नगरपालिका ४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि १ हजार बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।सदरमुकामबाट झण्डै ६ किलोमिटर टाढा रहेको माडखोला मुहानमा पहिरो र पाइपमा वर्षाले क्षति पुर्याएपछि खानेपानीको समस्या भएको हो। एक हप्तादेखि सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव भ