भारतमा रेमडिसिभिरको उत्पादन करोड सिसी नाघ्यो

एजेन्सी। कोरोनाविरुद्ध लाभदायी साबित रेमडिसिभिरको उत्पादन भारतमा तीन गुणा बढेर मासिक एक करोड पाँच लाख सिसी पुगेको छ। सरकारले यो औषधि उत्पादनमा विशेष ध्यान दिएको बताएको छ। रेमडिसिभिरको माग सर्वत्र हुन थालेको छ। भारतमा कोरोना नियन्त्रणमा रहँदा यो औषधि विभिन्न मुलुकलाई सहयोग पठाएको थियो। अहिले भारतमै यसको माग उच्च हुन पुगेको छ। रेमडिसिभिरको कालोबजारीसमेत हुँदै आएको छ।