गण्डकी प्रदेश सरकार अन्तर्गत निर्माण भएका सडकको नियमित रेखदेख र मर्मतसम्भारका लागि प्रदेश सरकारले ‘सडक हेरालु’ राखेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सडक मर्मतसम्भार कार्यविधि तयार गरी प्रदेशका एघारवटै जिल्लामा सडक हेरालु राख्न सुरुवात गरेको हो ।