आफ्नौ माटोमा स्वर्णिम भविष्य खोज्दै बुद्धभूषण

विराटनगर : एसएलसी उत्तीर्ण गरेपछि प्राविधिक बन्ने ध्याउन्नले उनलाई गाउँबाट शहरतिर तान्यो। घण्टौं हिँडेर स्कुले जीवनबाट कलेजतिर लम्किएका उनी ०५३ सालको एसएलसी सकेलगत्तै सब-इन्जिनियर अध्ययनका लागि बिर्तामोड हानिए।उनलाई प्राविधिकमात्र बन्नु थिएन, गीत गाएर आफूलाई कला क्षेत्रमा परिचित गराउने चाहना पनि मनको एउटा कुनामा सल्बलाइरहेको थियो। सब-इन्जिनियरको अध्ययन गरे पनि गायक बन्ने सपना भने अधुरै रह्यो। जीवनमा आइपरेका विविध परिस्थितिले फेरिएको उनको यात्रा अहिले