एमालेको नेपाल-खनाल समूहले बागमती प्रदेशमा समानन्तर कमिटी गठन गर्दै

काठमाडौं :  नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ। खनाल नेपाल समूह बागमती प्रदेशको स्थायी कमिटि बैठकबाट समानान्तर कमिटी घोषणा गर्ने पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। बैठक विहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको खनाल नेपाल समूहले ओलीको कारबाहीका बाबजुद समानान्तर कमिटी घोषणा गर्दै आएको छ। 

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेशले निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने

हेटौंडा : नेकपा एमालेले बागमती प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने भएको छ। सोमबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो।एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश बर्ताैलाका अनुसार उक्त निर्वाचन क्षेत्र समन्वय कमिटीले पार्टी केन्द्रीय कमिटीकाे मापदण्ड र सीमाभित्र रहेर उम्मेदवारको नाम सिफारिश गर्नुपर्ने छ।उक्त सिफारिसका ला