१७ विधामा १९ वटा कर्पोरेट एक्सिलेन्स अवार्ड प्रदान, नेप्सेमा सुचिकृत ४ कम्पनीले पनि पाए अवार्ड

कर्पोरेट क्लब नेपाल प्रालिले कर्पोरेट एक्सिलेन्स अवार्डका विजेता घोषणा गरेको छ । कम्पनीले शुक्रबार १७ ओटा विधामा १९ वटा अवार्ड विजेतालाई अवार्ड प्रदान गरेको हो। कम्पनीले कर्पोरेटमा भएका राम्रा भन्दा राम्रा गतिविधि र प्रक्रियाहरुलाई प्रोत्साहन गर्न 'द अवार्डस् फर कर्पोरेट एक्सिलेन्स' र समाजलाई प्रेरणादायक सेवा प्रदान गर्नेहरुलाई पनि प्रोत्साहन गर्न 'द अवार्ड फर डिसटिङग्युईस्ड सर्भिस' आयोजना गरेको हो। 'द अवार्डस् फर कर्पोरेट एक्सिलेन्स' ले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरेको र 'द अवार्ड फर डिसटिङग्युईस्ड सर्भिस' ले समाजलाई नि: स्वार्थ भावनाका साथ सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिएको कम्पनीले जनाएको छ। नेपाली समाजका बौद्धिक तथा विभिन्न निजी सरकारी र शैक्षिक क्षेत्रमा रही समाजलाई योगदान गरेका सात जनाको निर्णायक मण्डलले अवार्ड प्राप्त गर्ने व्यक्ति तथा संस्था चयन गरेको कम्पनीले जनाएको छ। निर्णायक मण्डलको नेतृत्व काठमाण्डौ व्यवस्थापन विश्वविद्यालय संस्कायका पूर्व डिन प्रोफेसर डा. सुवाश के.सी थिए भने र अन्य निर्णायकमा पूर्व सचिव पुण्य प्रसाद न्यौपाने, त्रिभुवन विश्वविद्यालयकी प्रोफेसर डा. रिता श्रेष्ठ , सफल पार्टनरका सिंइओ ओषुतोश तिवारी, पूर्व बैकर वर्षा श्रेष्ठ र पत्रकार मुकुल हुमागाइ थिए ।'द अवार्डस् फर कर्पोरेट एक्सिलेन्स' विधामा ११ वटा, इन्डीभिजुअल एक्सिलेन्स विधामा २ वटा, संस्थागत डिसटिङग्युईस्ड विधामा २ ओटा, र व्यक्तिगत डिसटिङग्युईस्ड विधामा १ वटा र इन्स्टिच्युटसन विल्डरमा केहि गरि जम्मा १७ ओटा विधामा १९ वटा अवार्ड प्रदान गरिएको हो । कम्पनीका अनुसार यस अवार्डको लागि विभिन्न व्यक्ति तथा संस्थाहरुको जानकारी संकलनका लागि छुट्टै रिसर्च कम्पनीलाई आउटसोर्स गरिएको थियो, जसले सिधै निर्णायक मण्डल लाई डाटा उपलब्ध गराउने काम गरेका थिए।रिसर्च कम्पनीबाट प्राप्त सूचकको आधारमा निर्णायक मण्डलले डिजाइन गरेको रेटिङ स्केलको आधारमा विजेता छानिएको कम्पनीले जनाएको छ। यस अवार्डले आउने पुस्तालाई प्रेरित गर्ने, इमान्दार र कर्मठ भई काम गरेर राष्ट्रको व्यावसायिक, संस्थागत र सामाजिक पूंजीलाई समृद्ध गर्ने विश्वास लिएको छ। कुन विधामा कसले पाए अवार्ड ? Award for Corporate Excellence 2021- Manufacturing Kiran Shoes Manufacturers Award for Corporate Excellence 2021- Financial Services Muktinath Bikas Bank Ltd. Award for Corporate Excellence 2021- Insurance Services Shikhar Insurance Company Limited Award for Corporate Excellence 2021- IT/ISP Services Dish Media Network Pvt. Ltd. Award for Corporate Excellence 2021- Hospitality Service The Soaltee Kathmandu Award for Corporate Excellence 2021- Health Service Tilganga Institute of Ophthalmology Award for Corporate Excellence 2021- Pharmaceutical Industry Quest Pharmaceuticals Pvt. Ltd. Award for Corporate Excellence 2021- MNC Asian Paints (Nepal) Pvt. Ltd. Award for Corporate Excellence 2021- Hydropower Service Butwal Power Company Ltd. Award for Corporate Excellence 2021- Agribusiness Nimbus Holdings Pvt. Ltd. Award for Corporate Excellence 2021- Fintech Service eSewa Award for Corporate Excellence 2021- Leadership - Female Ms. Anupama Khunjeli Award for Corporate Excellence 2021- Leadership - Male Mr. Hari Bhakta Sharma Award for Distinguished Services 2021- Lifetime Achievement Mr. Ganesh Bahadur Shrestha Award for Distinguished Services 2021- Start-Up Sasto Deal Pvt. Ltd. Award for Distinguished Services 2021- Social Enterprise Teach for Nepal Award for Distinguished Services 2021- Institution Builder Prof. Dr. Suresh Raj Sharma Award for Distinguished Services 2021- Institution Builder Prof. Dr. Sanduk Ruit Award for Distinguished Services 2021- Institution Builder Prof. Dr. Bhagwan Koirala