कार्यक्षमता अभावका कारण न्यायालयको नेतृत्व गर्न असक्षम रहेको भन्दै गत वर्षको फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाभियोगको प्रस्ताव दर्ता भयो । संसद्मा जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराउने सांसदहरू नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरू थिए । महाभियोगको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ थिए भने समर्थकमा नेपाली क