मोरङ । विराटनगर महानगरपालिकाअन्तर्गतका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आफन्तलाई ठगी गरी बिचौलियाकार्य गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार नगरमा बिरामी तथा बिरामीका आफन्तलाई भेटी विभिन्न भ्रम फैलाई आफ्नो सम्पर्कको फार्मेसीमा लग्नेकार्य गर्ने विराटनगर–८ अमरटोल बस्ने १८ […]