एमाले महाधिवेशनमा १० बुँदे पक्षधरले कसरी पाए ओलीको भन्दा धेरै मत ?

काठमाडौँ । चितवनमा सम्पन्न नेकपा एमालेको दसौँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याउनेमा परिन् उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । धेरैको अनुमान विपरीत शाक्यले सबैभन्दा बढी मत ल्याउन सफल भइन् । विगतमा माधव नेपाल निकट रहेर केपी ओलीको चर्को आलोचना गर्ने नेतृ हुन् शाक्य । तर, भदौ २ मा माधव नेपालले अलग पार्टी गठन गर्दा शाक्य एमालेमै बसेर धेरैलाई आश्चर्यमा पारिन् ।मङ्सिर १४ गते साँझ एमाले महाधिवेशनको नतिजा सार्वजनिक गर्नुभन्दा केही अघिसम्म शाक्यसहित एमालेका १० बुँदे पक्षधर नेताहरूको पक्षमा ‘कति नै मत आउल