काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि शुरु गरिएको चन्द्रागिरि—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु भएसँगै पर्यटकहरू पनि साहसिक पर्यटनमा आकर्षित भएका हुन् । भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट […]