यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रूपमा मनाइने भएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा “समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने मूल नाराका साथ दिवस साताव्यापी रूपमा मनाउन थालिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले साउन २० गतेदेखि नै युवा लक्षित कार्यक्रम गरेर दिवस मनाउन थालिएको जानकारी दिए । यस वर्ष दिवस साउन २७ गते मनाइँदै छ । साताव्यापीरूपमा मनाइने दिवसमा युवाको क्षमता र उद्यमशीलतामा नेतृत्व विकासका लागि कार्यक्रम आयोजना गर