चिकित्सा शिक्षा आयोगका १३ जना कर्मचारीलाई एक महिनादेखि जगेडामा राखिएको छ । उपसचिवसहित विभिन्न शाखाका ती कर्मचारीलाई आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको निर्देशनमा जिम्मेवारीविहीन बनाइएको हो । आयोगका उपसचिव सीताराम कोइरालासहितका कर्मचारी एक महिनादेखि कार्यालय जाने र हाजिर गरेर दिनभर खाली बस्ने गरेका छन् ।शिक्षा मन्त्रालयले सरूवा गरेर पठाएका सदस्य–सचिवलाई सहयोग गरेको भन्दै ती कर्मचारीहरूलाई जिम्मेवारीविहीन बनाइएको हो । उपाध्यक्ष प्राडा गिरीको निर्देशनमा ती कर्मचारीलाई काम गर्न नदिई जगेड