अप्पर अरुण र ईखुवा खोला जलविद्युतका निर्माणमा स्थानीयबासीको राय माग

संखुवासभामा निर्माणको क्रममा रहेको अपर अरुण जलविद्युत आयोजना र ईखुवाखोला जलविद्युत आयोजनाका लागि बातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पास गर्ने क्रममा वन तथा वातावरण मन्त्रालयले स्थानीयबासीसँग राय माग गरेका छन् । निर्माण कम्पनीले पेश गरेको कागजातमा स्थानीयबासी सहभागिता जनाउनका लागि मन्त्रालयले कात्तिक ४ गते गोरखापत्र दैनिकमा सूचना जारी गरी राय माग गरेको हो ।