नेकपा एमाले समानान्तर कमिटीमा भक्तपुर जिल्ला अध्यक्ष रहेका रजन केसीले माधव नेपाललाई साथ नदिने भएका छन् । अध्यक्ष केपी शर्माओली र नेता नेपालबीचको अन्तरविरोधको समयमा बनाइएको समानान्तर कमिटीको अध्यक्षमा रजन केसी र सचिवमा श्यामसुन्दर बस्नेत रहेका थिए । नेकपा एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि अध्यक्ष केसीले नेपाल पक्षलाई साथ नदिने निर्णय गरेका हुन् । सो कमिटीका अध्यक्ष केसीले आफु पार्टी विभाजनको पक्षमा नलाग्ने बताए । रातोपाटीसँग कुरा गर्दै केसीले