युरो कपबाट घर फर्किए ‘ग्रुप अफ डेथ’ का तीन पावरहाउस

काठमाडौं :  युरो कप फुटबलको ग्रुप अफ डेथ मानिएको समूह एफबाट अन्तिम १६ मा प्रवेश गरेका तीनै टोली बाहिरिएका छन्। फुटबलकाे पावरहाउसको रूपमा रहेका फ्रान्स, पोर्चुगल र जर्मनी समूह एफबाट नकआउट चरणमा स्थान बनाएका थिए।  तर, मंगलबार इंग्ल्याण्ड जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ बाटै  तीनै टोली बाहिरिएका छन्। ग्रुप अफ डेथमा साबिक विजेता पोर्चुगल, उपविजेता फ्रान्स र जर्मनी प्रतियोगिताको अन्तिम आठमा पनि पुग्न सकेनन्।   समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका थिए। समूहमा स...