एजेन्सी । छाला सुन्दर र चम्किलो बनाउन खानपानमा ध्यान दिन जरुरी छ । ताजा फलफूल, सागसब्जीले छालालाई स्वस्थ राख्न अहम भूमिका निर्वाह गर्ने गर्छ । तर, जाडोमा छालासम्बन्धी समस्याहरु पैदा हुने गर्छन् । जाडोमा छालालाई स्वस्थ राख्न विभिन्न उपायहरु अपनाउने गरिन्छ । यसमध्ये केही पेयपदार्थ छन् जसले छालालाई चम्किलो र सुन्दर बनाउन मद्दत गर्छ । ती पेयपदार्थले छाला मात्र होइन सम्पूर्ण शरीरलाई समेत स्वस्थ राख्ने गर्छ । जाडोमा छालालाई सुन्दर र चमकदार बनाउन तीन प्रकारका चीजहरु मिसाएर पेयपदार्थ निर्माण ग