ब्याजदर  वृद्धिविरुद्ध आन्दोलनको चेतावनी

भक्तपुर– उद्योगी व्यवसायीहरूले बैंकले आफूखुशी जथाभावी बैंकको ब्याजदर  वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरूसँग कुनै सल्लाह नै नगरी मनमानी ढंगले ब्याजदर वृद्धि गरेकोले आफूहरू आन्दोलनको तयारीमा रहेको बताए ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरजकृष्ण वैद्यले बैंकहरूले […]