कञ्चनपुरको शुक्लाफाँटामा बढ्यो बालविवाह, उमेरै नपुगी धमाधम बच्चा जन्माउँदै

कञ्चनपुर : कानुनअनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न पाइँदैन। शुक्लाफाँटा नगरपालिकामा भने बालविवाह गरी बच्चा जन्माउने किशोरीको संख्या बढ्ने क्रममा छ।अभिभावकको सहमतिमा हुने बालविवाह घटे पनि सामाजिक सञ्जालको माध्यमबाट चिनजान गरी प्रेमविवाह गर्ने क्रम बढेको छ। बालविवाहका कतिपय मुद्दा प्रहरीसम्म पुग्ने गरेका छन्।  प्रहरीमा पुगेका बालविवाहका मुद्दा दर्ता गरी कानुनी प्रक्रियामा समेत लैजाने गरिएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले चालूआवम