काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलबाट विजयी जनप्रतिनिधिलाई यही १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
पार्टीका महासचिव वेदुराम भुसालले आज बुधवार विज्ञप्ति निकालेर जवाफदेहिता र पारदर्शिता नागरिकको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र भएकाले पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई जेठ १७ गतेभित्र आ–आफ्नाे सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिनुभएको छ । उहाँले यसको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन दिनुभएको छ ।
निर्देशनमा नागरिकको विश्वासप्रति...