काठमाडाैं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बिहीबार बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्ड शीर्ष तहको बैठकबाट टुंगो लगाउने प्रयास भइरहेको छ। दिउँसो २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ।