ट्वीटरको नेतृत्व छाडेर के गर्दैछन् ज्याक डोर्सी ?

१७ मंसिर, काठमाडौं। ज्याक डोर्सीलाई सिलिकन भ्यालीका ती सिमित मानिसहरुमा गणना गरिन्छ जसमा प्रविधिप्रति ठूलो लगाव छ । यदि उनी कुनै फिल्मका पात्र हुन्थे भने उनी तपाईलाई आफ्नै सोँचमा चल्ने व्यक्ति लाग्दछन् । उनी इमान्दार र आदर्शवादी व्यक्ति हुन् र प्रविधिले संसारमा शान्ति र खुसीयाली ल्याउँदछ भन्ने ठान्दछन् । उनी खुल्ला विचारयुक्त यस्तो व्यक्ति हुन् […]