एचआईडिसीएलको ३ करोड ६२ लाख कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) को अवितरित हकप्रद शेयरमा आज असोज ७ गतेदेखि आवेदन खुला भएको छ । कम्पनीले साउन ४ गतेदेखि १:! को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि हुन लागेको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाम गर्न लागेको हो। इच्छुक आवेदकले आज असोज ७ गतेदेखि असोज १४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ। शेयर लिलामीको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमान्डू, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ। ग्लोबल आईएमई बैंकको शाखाहरु बिर्तामोड, हनुमान दास रोड, जनकपुर, आदर्शनगर बिरगंज, हेटौडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज त्रिभुवन चोक, शुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । , आवेदन दिंदा सर्बसाधारणको हकमा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । त्यस्तै संस्थापक शेयरको हकमा  न्युनतम १ करोड कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ।एचआईडिसीएल ले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको हो। साउन ५ गतेदेखि साउन २५,२०७८ सम्म हकप्रदमा आवेदन दिन सकिने थियो तर उक्त मितिसम्म पनि पर्याप्त आबेदन नपरे पश्चात एचआईडिसीएलले अहिले नपरेका अर्थात बिक्रि नभएका संस्थापक र सर्वसाधारण समुह तर्फको सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

सम्बन्धित सामग्री

डेटा फेलोशिपका लागि आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

कोड फर नेपालले डेटा फेलोशिप २०२३ का लागि आवेदन खुला गरेको छ । डेटा सीप प्रदान गर्ने उद्देश्यले कोड फर नेपालले डेटाक्याम्पसँगको सहकार्यमा डेटा फेलोशिपको जुन एडिसनका लागि आवेदन आह्वान गरेको हो ।  फेलोशिपका लागि सातै प्रदेशका युवा तथा प्रोफेसनलले आवेदन दिन सक्ने छन् । संस्थाले मधेश प्रदेश र कर्णाली प्रदेशका युवालाई यो अवसरको फाइदा लिन समेत विशेष आग्रह गरेको छ ।  स्वदेश...

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । कृषि तथा पशुपालान तर्फका लागि आवेदन खुलेको हो ।

आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द

काठमाण्डाै - सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ । यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्षपछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेक...

आजदेखि नयाँ अनलाइन लाइसेन्स आवेदन बन्द

काठमाडौँ । आज चैत १ गते मङ्गलवार देखी सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो। लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछि सम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको […]

लाइसेन्सका लागि नयाँ आवेदन बन्द हुने

काठमाण्डाै – भाेलि मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले आज साेमवार सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले यस बेला अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइस...

सवारीचालक अनुमतिपत्रको आवेदन खुला

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेको छ ।विभागले कोरोनाको दोश्रो महामारीका कारण गत १६ वैशाखदेखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन सोमबारदेखि खोलेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।उनले भने, “रोकिएको आवेदन सोमबारबाट खुल्ला गरेका छौं, योसँगै नयाँ लाइसेन्स लिन चाहनेले अनलाइन आवेदन दिन सक्ने छन् ।” उनका अनुसार […]

खुल्यो स्मार्ट लाइसेन्सको नयाँ आवेदन

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ। विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो।

पुनर्बीमा कम्पनीका लागि पाँच आवेदन

नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिमा पाँचओटा कम्पनीले आवेदन दिएका छन् । समितिले निजीक्षेत्रको लगानीमा एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिनेगरी प्रस्ताव आ≈वान गरेको थियो । त्यसमा आवेदन दिने अन्तिम दिन अर्थात् बुधवारसम्म पाँच कम्पनीले आवेदन दिएका हुन् । काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनीहरूले समितिमा आवेदन दिएका हुन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अन्तिम दिनसम्म ५ कम्पनीबाट आवेदन प्राप्त भएको बताए । आवश्यक प्रक्रिया पूरा गरेर आवेदनहरूको अध्ययन प्रक्रिया अग...

लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं। सवारी चालक अनुमतिको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ। यातायात व्यवस्था विभागले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड–१९ महामारीका कारण देखाउँदै अनलाइन आवेदन बन्द गरेको हो। विभागले अर्को सूचना जारी नभएसम्म आवेदन बन्द हुने जनाएको छ।