छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। देशको अर्थतन्त्र बिग्रिएकोमा राष्ट्रपतिद्वारा गम्भीर चिन्ता व्यक्त गरेकी छन्। गएको स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड खर्च भएको निर्वाचन आयोगले जनाएको छ। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन सकिएको छ। आगामी सङ्घ र प्रदेशको निर्वाचनमा एमाले अझ सशक्त बन्ने महासचिव शंकर पोखरेलले दाबी गरेका छन्। थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक ४४.८० अंकले घटेको छ।