विपन्न परिवारलाई जस्तापाता सहयोग

सिमकोट – सिमकोट गाउँपालिकाका अति विपन्न परिवारलाई जस्तापाता अनुदानमा सहयोग गरिएको छ। सुरक्षित आवास कार्यक्रमअन्तर्गत उनीहरुलाई जस्तापाता सहयोग गरिएको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारीले संघीय सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत वडा नम्बर १ देखि ६ सम्मका ७६ विपन्न परिवारलाई निःशुल्क जस्तापाता सहयोग गरिएको बताए। वडास्तरमा न्यून आयश्रोत भएका घरधुरीलाई छनौट गरेर वडाले गाउँपालिकालाई सिफारिस गरेको थियो। […]