कुखुरा पालनमा सिभिल इन्जिनियर

काम नभएको भन्दै विदेश जाने युवाको जमात बढिरहेको बेला सल्यानका एक युवा भने कुखुरापालन व्यवसायमा लागेका छन् । पछिल्लो समय युवाको रोजाइ सरकारी जागिर गर्ने या विदेश जाने लहर चलिरहँदा शारदा नगरपालिका–५ रातामाटाका २० वर्षीय सिभिल इन्जिनियर लालबहादुर कुमाईले भने कुखुरा पालन व्यवसाय सुरु गरेका हुन् । उनले २०७६ वैशाखदेखि कुखुरा फर्म नै दर्ता गरेर व्यवसाय सुरु गरेका छन् । करिब ५ लाख लगानी गरी व्यवसाय सुरु गरेका उनले स्थानीय जातका कुखुरा पालन गरेका छन् ।