किसानलाई मलको हाहाकार, वीरगञ्ज भन्सारमा मलको बोरा नष्ट गर्न बजेट अभाव

यो वर्ष किसानले खेतबारीमा डिएपी मल हाल्न पाएका छैनन् । देशैभरि डिएपी मलको हाहाकार भइरहँदा उता वीरगञ्ज भन्सार कार्यालयले बजेट अभावका कारण १ लाख ५० हजार बोरा डिएपी मल नष्ट गर्न पाएको छैन । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजन तथा सरकारी आश्वासन समितिले बुधबार भन्सारमा मिल्किएको झन्डै १ अर्ब रुपैयाँ बराबरको डिएपी मलको विषय उठायो । समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकको सुरुमै समितिका सभापति रामनारायण विडारीले लामो भूमिका बाँध्दै सो विषय आफ्नो समितिको कार्यक्षेत्रको विषय नभए पनि कृषिप्रधान द