अमेजनको जंगल प्रत्येक मिनेट एक फुटबल मैदान बराबर घट्दै

एजेन्सी। ब्राजिलका जलवायु वैज्ञानिक कार्लोस नोब्रेले अमेजनको जंगल प्रत्येक मिनेट एक फुटबल मैदान (करिब१.०८ हेक्टर) बराबर घटिरहेको बताएका छन्। जंगल फँडानी हुँदा पछिल्ला८ वर्ष ब्राजिलमा औषत वर्षा पनि नभएको उनले जनाए। ब्राजिलमा पछिल्ला प्रत्येक वर्ष४९ मिलिमिटर वर्षा कम हुँदै आएको छ। अमेजनको जंगलले विश्वको कूल अक्सिजनको२० प्रतिशत उत्पादन गर्नेगर्छ। सन्२००८ यता अमेजन जंगलमा९ लाख८० हजार हेक्टर वन फँडानी गरिएको छ।