त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नुहुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँ साउन २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं।आज विश्व आदिवासी दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ।परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन्।बञ्चरेडाँडामा काठमाडौंबाट फोहोर बोकेर गएको १४ वटा टिपर माथि तोडफोड भएको छ।निर्वाचन आयोगले आगामी निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।बर्डफ्लू नियन्त्रणमा खटिने कर्मचारीले प्रोत्साहन भत्ता पाउने भएका छन्।
काठमाण्डाै – परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नु भएको हो ।
उहाँले भोलि चिनियाँ समकक्षी वाङ यीसँग चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो । भ्रमणको मुख्य उद्देश्य दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा लिएर अघ...
भूराजनीतिक उथलपुथलबीच परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदै छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् । खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।