अमेरिकाको अलास्कामा सन् २०१९ को मे महिनामा दुईवटा विमान ठोकिनुभन्दा ठीकअघिको तस्वीर अहिले सार्वजनिक गरिएको छ ।
उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने १० जना गम्भीर घाइते भएका थिए ।
राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसन्धाताहरूले मंगलवार तस्वीर सार्वजनिक गरेका हुन् । केटचिकान नामक स्थान नजिक भएको दुर्घटनाको गहन अनुसन्धानका क्रममा उनीहरूले तस्वीर फेला पारेका हुन् ।
मृतक यात्रुुको क्यानोन ईओएस रिबेल डिजिटल क्यामराबाट तस्वीर निकालिएको हो । त्यो क्यामरा ३३ सय ५० फीट माथिबाट खसेर पनि क्षति...