पालो पुर्याउन कर्णालीका दुई मन्त्रीले राजीनामा दिँदै

कर्णाली सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीले आज नै राजीनामा दिने भएका छन्। माओवादी स्रोतकाअनुसार सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा आइतबार दिउँसो तीन बजेपछि दिने बताएको छ ।माओवादी केन्द्रले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको छ । उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका हुन् । मन्त्री विष्ट र सि