फेरियो पढ्ने र पढाउने शैली : कितावमा पढेको कुरा बारीमा प्रयोग गर्दै विद्यार्थी

कैलाली । कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् । विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् । विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य गाउँपालिकाले लिएको छ । तरकारी खेतीमा काम गर्ने किसान नभई विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थी छन् ।  विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन गाउँपालिकाले नमूनाका रूपमा केही विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ लागू गरेको हो । सोही कार्यक्रमअन्तर्गत विद्यालय करेसाबारी कार्यक्रमबाट आफूहरूले कृषिसम्बन्धी सैद्धान्तिक र व्यवहारिक सिकाइ गर्न पाएको विद्यार्थी बताउँछन् । विद्यार्थी सुरजा प्याकुरेलले यो कार्यक्रमबाट कृषिसम्बन्धी धेरै कुरा सिक्ने मौका पाइरहेको बताइन् ।  “हामीले बारीमा काम गर्न रुचि नै देखाउने गरेका थिएनौँ । घरमा आमाबुवाले बारीमा काम गर्दा हामीले कहिल्यै चासो दिएनौँ”, उनी भन्छिन्, “अब विद्यालयमा पढाइ नै हुन थालेपछि सिक्न थाल्यौँ, अब घरमा अभिभावकलाई पनि तरकारी खेती गर्ने तरिकाबारे सिकाउँदैछौँ । बल्ल कृषि पनि पढाइ रहेछ भन्ने बुझ्न थालेका छौँ ।” कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि  अभिप्रेरणा दिन गाउँपालिकाले पालिकाभित्रका तीन सामुदायिक विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको छ । करेसाबारी कार्यक्रम सञ्चालन हुँदा आफूले विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा आफ्ना आमाबुवालाई जानकारी गराउने गरेको कल्पना गिरीले बताइन् ।  “तरकारी खेतीबारे सिकाइसँगै मिलेर काम गर्दा रमाइलो हुन्छ । हामी रमाउँदै खेती गर्न सिकिरहेका छौँ”, उनले भनिन्, “हामीले नयाँ प्रविधि र नयाँ अभ्यास सिकिरहेकाले अभिभावकलाई पनि सिकाउँछौँ ।” करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई कृषिसम्बन्धी जानकारी पाउन सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बमले बताए । “विद्यालयमा करेसाबारी कार्यक्रमप्रति विद्यार्थी उत्साहित भएकाले अहिले विद्यालयमा पाँच कठ्ठामा तरकारी खेती गरिएको हो”, उनले भने, “विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत काम गराउँदा विद्यार्थीमा सिकाइ भइरहेको छ । यसले विद्यार्थीलाई विद्यालय र कृषि पेसाप्रति हौस्याएको छ ।” तीस हप्तासम्म करेसाबारी कार्यक्रम सञ्चालन हुनेछ । यसका लागि हप्तामा एक दिन कृषिसम्बन्धी पढाइ गर्दै व्यवहारिकरूपमा करेसाबारीमै काम सिकाइन्छ । कार्यक्रमअन्तर्गत विद्यालयमा लौका, करेला, तोरिया, बोडी र भिन्डी खेती गरिएको जानकी गाउँपालिकाका कृषि  प्राविधिक तेजराम चौधरीले बताए ।  “एक विद्यालयमा न्यूनतम दुईदेखि पाँच कठ्ठामा अहिले खेती सञ्चालन गरिएको छ”, उनले भने, “यसरी विद्यालयमा विद्यालय करेसाबारीले विद्यार्थीमात्र नभई उहाँहरूको घरमा कृषि कर्ममा परिवर्तन भई घरको आर्थिक अवस्थामा सुधार ल्याउनमा मद्दत पुग्नेछ ।” पालिकाले कृषिमा विद्यार्थीको आकर्षण बढाउनका लागि थालेको यो कार्यक्रम प्रभावकारी रहेको स्थानीय बताउँछन् । स्थानीय रविन चौधरीले पालिकाले विद्यालयमा कृषि कर्म सिकाउन थाल्नु नयाँ अभ्यास भएको बताए । -रासस

सम्बन्धित सामग्री

प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने

सरकारी शिक्षकका रुपमा सामुदायिक विद्यालयमा पढाउने तर आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने परिपाटीको चर्को आलोचना भैरहेको छ । यसबीच तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको …

जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबिबिएस पढाउने

बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाइ  निःशुल्क  एमबिबिएस  पढाउने भएको छ । बिहीबार नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरुका लागि फारम भर्न आवेदन खुल्ला गरेको छ । आबेद्नमा जयपृथ्वी नगरपालिका भित्रका विज्ञान...

'होम ट्युसन' पढाउने शिक्षक पक्राउ

वीरगंज : पर्सा प्रहरीले 'होम ट्युसन' पढाउने एक शिक्षकलाई पक्राउ गरेको छ। ट्युसन पढाउने क्रममा एक बालिकालाई अनैतिक गतिविधि गरेको आरोपमा ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनायो। पक्राउ पर्ने शिक्षक वीरगंजमा सञ्चालित एक सरकारी प्राविका प्रधानाध्यपक रहेका छन्। गत शुक्रवार साँझ होम ट्युसन पढाउने क्रममा ७ वर्षीया बालिकासँग घरमा कोही…

सुर्खेतको लेकबेशी नगरपालिकाले हरेक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने

सुर्खेतको लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई  निःशुल्क  डाक्टर पढाउने भएको छ। नगरपालिका प्रमुखको कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गरेका हुन्।

बुहारी-छोरी पढाउने सासु र आमा सम्मानित

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासु र आमालाई सम्मान गरेको छ । बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देबीमायाँ पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी बिष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेकी सासु र आमालाई क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा सोमबार जनही १ हजार ५०० सहित सम्मान–पत्र प्रदान गरिएको छ । बुहारी पूजा रावा क्याम्पस खार्पामा ब

हनुमाननगर कंकालिनी नगरपालिकाले छात्रालाई निःशुल्क प्लस टू पढाउने

२६ असोज, सप्तरी। सप्तरीको एक स्थानीय तहले एसईई उत्तीर्ण गरेकी छात्राहरुलाई निःशुल्क प्लस टू पढाउने भएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाले नगरभित्रका सम्पूर्ण छात्रालाई निःशुल्क रुपमा प्लस टू पढाउने भएको हो। नगर प्रमुख शैलेश साहले एसएलसी या एसईई उत्तिर्ण गरेकी छात्रालाई प्लस टू पढ्न लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने बताए । कक्षा ११ मा भर्ना हुने […]

दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक÷एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ । पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँसभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख

गाउँपालिकाले एमबिबिस पढाउने

ताप्लेजुङ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ। बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो। वर्षमा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ। विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।रासस

सिरिजङ्गा गाउँपालिकाले एमबीबीएस पढाउने

चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिएस पढाउने घोषणा गरेको हो ।वर्षमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ । विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने गाउँपालिकाले जनाएको छ । ‘निः

गाउँपालिकाले एमबिबिस पढाउने

ताप्लेजुङ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ। बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो। वर्षमा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ। विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।रासस